Global Money Week (GMW) 2025
Global Money Week (GMW) 2025 को अवसरमा नेपाल बीमा प्राधिकरणको आयोजनामा श्री त्रि-जुद्ध महावीर प्र. रघुवीर राम माध्यमिक विद्यालय, वीरगंजमा वित्तीय साक्षरता तथा बीमा जनचेतनामुलक कार्यक्रम:
मिति २०८१।१२।०६ मा नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयद्वारा Global Money Week 2025 को अवसरमा श्री त्रि-जुद्ध महावीर प्र. रघुवीर राम माध्यमिक विद्यालय वीरगंजमा वित्तीय साक्षरता तथा बीमा जनचेतनामुलक कार्यक्रम आयोजना गरिएको थियो । उक्त Global Money Week 2025 ले बालबालिका र युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारको विकास गर्ने उद्देश्यका साथ Organization of Economic Cooperation and Development (OECD) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष 'ग्लोबल मनी विक( Global Money Week-GMW) विश्वभर मनाउने गरिएको छ । यसै सन्दर्भमा मार्च १७ देखि २३ ( अर्थात २०८१ चैत ४ देखि १० गते) सम्म 'Think before you follow, wise money tomorrow' भन्ने नाराका साथ Global Money Week को १३ औं शृङ्खला मनाउन लागिएको हो । यो विश्वव्यापी वित्तीय चेतनामूलक अभियान हालसम्म १७६ मुलुकका छ करोडभन्दा बढी बालबालिका र युवामाझ पुगिसकेको छ ।
कार्यक्रममा विद्यलयको ११ कक्षाका विद्यार्थी भाइ बहिनीहरु, विद्यालयका शिक्षकहरु साथै प्राधिरणका कर्मचारीहरु उपस्थिति रहेको थियो । कार्यक्रम नेपाल बीमा प्राधिकरणको सहायक निर्देशक रोशन कुमार महासेठले संचालन गर्नु भएको थियो ।साथै, कार्यक्रममा GMW किन मनाइन्छ, नेपाल बीमा प्राधिकरण को हो, बीमा किन गर्ने, बीमा गर्दा ध्यान दिनु पर्ने विषयहरु र साथै दाबी गर्दा ध्यान दिनु पर्ने बिषयहरु प्रस्तुतिकरण रहेको थियो । यस कार्यक्रममा प्रस्तुतीकरण मधेश प्रदेश कार्यालयका कार्यलय प्रमुख श्री प्रीति देवले गर्नु भएको थियो ।
कार्यक्रममा उक्त स्कुलका प्रमुख श्री सरोज पटेलले Global Money Week 2025 र बीमा सम्बन्धी जनचेतना मुलक कार्यक्रम आयोजना गरेकोमा नेपाल बीमा प्राधिकरण, मधेश प्रदेशलाई धन्यवाद ज्ञापन गर्नु भयो र सबैले बीमा जस्तो महत्वपुर्ण विषय वस्तुहरु बुझ्नु पर्छ भनेर सल्लाह तथा सुझाव पनि दिनु भएको थियो ।
नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयका कार्यलय प्रमुख श्री प्रीति देवले कार्यक्रममा उठेका प्रश्नहरुको सम्बोधन गर्दै वित्तीय साक्षरता तथा बीमा सम्बन्धी छलफल गर्नुपर्ने भएकोमा वा अन्य कुनै कार्यक्रम तथा बीमा सम्बन्धी सहजीकरण तथा समन्वयका लागि नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालय सदैव तैयार रहेको जानकारी दिदै कार्यक्रम समापन गर्नु भएको थियो।