सुदूरपश्चिम प्रदेश कार्यालयको बारेमा
नेपाल बीमा प्राधिकरणको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी उपमहानगरपालिका वडा नं. १, नैनादेवी मार्ग, कैलालीमा अवस्थित छ। यो २०७९ असार ०१ (१५ जुन २०२२) देखि सञ्चालनमा छ जसको औपचारिक उद्घाटन २०७९ असोज ०७ (२३ सेप्टेम्बर २०२२) मा भएको थियो। यसका मुख्य-मुख्य गतिविधिहरु यस प्रकार रहेका छन्: (१) बीमा कम्पनीका सुदूरपश्चिम प्रदेशस्थित प्रादेशिक कार्यालय, शाखा कार्यालय लगायत एक्सटेन्सन काउन्टरहरु तथा बीमा मध्यस्थकर्ताहरुको निरीक्षण तथा सुपरिवेक्षण, (२) प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय लगायत बीमा प्रवर्द्धनात्मक कार्यहरू सञ्चालन गर्ने, (३) बीमा कम्पनी विरुद्ध दायर गरिएका उजुरीहरू दर्ता गर्ने र गुनासो व्यवस्थापन गर्ने। कार्यालयले आफ्ना गतिविधि सञ्चालन गर्न विभिन्न सरकारी तथा गैरसरकारी संस्था र सरोकारवालासँग समन्वय गर्दै आएको छ ।