News and Events

News and Events Details

news-img

बैजनाथ नमुना माध्यमिक विद्यालयमा बीमा सचेतना कार्यक्रम सम्पन्न

जडेपानी, कञ्चनपुर, २०८३ असोज २३ गते। नेपाल बीमा प्राधिकरण, सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा श्री बैजनाथ नमुना माध्यमिक विद्यालयको सभाहल, जडेपानी, कञ्चनपुरमा बीमा सचेतना तथा प्रवर्द्धनात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिक्षक तथा विद्यार्थी गरी १३४ जनाको सहभागिता रहेको थियो।कार्यक्रममा प्राधिकरणका सहायक निर्देशक श्री लायक राम चौधरीले बीमाको महत्त्व, जोखिम व्यवस्थापन, बीमाका प्रकार तथा बीमा क्षेत्रको नियमन र विकासमा प्राधिकरणले गर्दै आएका कार्यबारे प्रस्तुति दिनुभएको थियो। अन्तरक्रियामा जीवन, निर्जीवन, लघु तथा कृषि बीमा, दाबी भुक्तानी, अभिकर्ता तथा सर्भेयरको इजाजतपत्र प्रक्रिया र बीमा क्षेत्रमा रोजगारीका सम्भावनाबारे छलफल भएको थियो। कार्यक्रमले शिक्षक तथा विद्यार्थीमा बीमा सम्बन्धी ज्ञान र सचेतना अभिवृद्धि गर्नुका साथै युवा पुस्तालाई बीमाको महत्त्व र यस क्षेत्रमा उपलब्ध अवसरबारे जानकारी प्रदान गरेको छ।