सूचना

हुलदङ्गाको कारणले भएको बीमा दावीको विवरण जेठ २८ गतेसम्म।     बाढी तथा पहिरोबाट उत्पन्न दावी र भुक्तानीको विवरण जेठ २८ सम्म।     विदेशी पुनर्बीमा दलालको कार्यालय स्थापना गर्ने सम्बन्धमा     Guide to Supervisory Intervention Framework 2024     कृषि तथा पशुपन्छी बीमा प्रणालीको प्रयोगकर्ता म्यानुअल।     According to the Insurance Act 2079, the insurance nature of the business need to be registered in Nepal Insurance Authority.    

समाचार र घटनाक्रम

समाचार र घटना विवरण

news-img
2023-10-30

शुभकामना आदान प्रदान कार्यक्रम (मिति:२०८०-०७-०३)

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सिङ्गो बीमा व्यवसायको विकास एवम् विस्तारका लागि प्राधिकरणले सहयोगीका रूपमा भूमिका निर्वाह गर्दै आएको बताउनुभएको छ । नेपाल बीमा प्राधिकरणद्वारा विजया दशमी, शुभ दीपावली तथा छठ पर्व, २०८० को शुभ उपलक्ष्यमा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष सिलवालले बीमा बजारलाई सुधार गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । अध्यक्ष सिलवालले भन्नुभयो, “प्राधिकरण र बीमकहरू एकअर्काका परिपुरक भएकाले सोही अनुसार क्रियाकलापहरू अगाडि बढाउनुप¥यो, बीमकहरूले बजारमा देखिएको अविश्वास हटाउनु प¥यो, प्रदेश तथा शाखा कार्यालयलाई अधिकार प्रत्यायोजन गर्नुप¥यो, बीमा सम्बन्धी अन्तर्राष्ट्रिय मान्यतामा रहेर बीमालेखका प्रावधानहरूलाई सामान्यीकरण गर्नुप¥यो, बैधरूपमा मुनाफा हुने बाटो खोज्नुप¥यो, बीमा बजारमा सकारात्मक परिवर्तन आउने गरी अघि बढ्नुप¥यो ।” अध्यक्ष सिलवालले बीमकहरूले पनि सरकारलाई बीमाका बारेमा बुझाउन र वार्षिक बजेटमा बीमा शीर्षकमा सशर्त बजेट विनियोजन गर्न पहल गर्नुपर्ने उल्लेख गर्नुहुँदै त्यसो भएमा न्यून आय भएका बर्गको बीमा हुनुका साथै गरिवी न्यूनीकरणमा समेत टेवा पुग्ने बताउनुभयो । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्दै सिङ्गो बीमा व्यवसायलाई स्वच्छ एवम् मर्यादितरूपमा अगाडि बढाउनुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशकहरू, जीवन बीमक सङ्घ नेपाल तथा नेपाल बीमक सङ्घका पदाधिकारीहरू र जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघुबीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले संचालन गर्नुभएको थियो ।