Notice

हुलदङ्गाको कारणले भएको बीमा दावीको विवरण जेठ २८ गतेसम्म।     बाढी तथा पहिरोबाट उत्पन्न दावी र भुक्तानीको विवरण जेठ २८ सम्म।     विदेशी पुनर्बीमा दलालको कार्यालय स्थापना गर्ने सम्बन्धमा     Guide to Supervisory Intervention Framework 2024     कृषि तथा पशुपन्छी बीमा प्रणालीको प्रयोगकर्ता म्यानुअल।     According to the Insurance Act 2079, the insurance nature of the business need to be registered in Nepal Insurance Authority.    

News and Events

News and Events Details

news-img
2023-10-10

प्रदेश सरकार र बीमा’ विषयक अन्तरक्रिया

‘नेपाल बीमा प्राधिकरणको आयोजनामा आज बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, हेटौंडामा ‘प्रदेश सरकार र बीमा’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशका दुर्गम स्थानमा रहेका पालिकाहरूमा बीमासम्बन्धी जनचेतना अभिवृद्धि र पहुँच विस्तारका लागि सहकार्यका साथ अघि बढ्न आग्रह गर्नुभयो ।
मुख्यमन्त्री जम्कट्टेलले ग्रामीण क्षेत्रका नागरिकसम्म बीमाको पहुँच पु¥याउन र बीमा दाबी भुक्तानी प्रक्रियालाई सरल एवम् सहज बनाउन ध्यानाकर्षण गर्नुभयो ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रदेश बीमा नीति निर्माणका साथै बीमा सम्बन्धी जनचेतना अभिवृद्धिका लागि प्रदेश सरकारसँग सहकार्य गर्न प्राधिकरण तयार रहेको बताउनुभयो ।
अध्यक्ष सिलवालले प्रदेश सरकारले अनुदानको रकम घटाएर विपन्न बर्गको बीमा गर्नु उपयुक्त हुने सुझाव दिनुहुँदै बीमाबाट विपन्न बर्गको आर्थिक रक्षावरण हुनुका साथै गरीबी न्यूनीकरणमा समेत योगदान पुग्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सवेदीले बीमा सम्बन्धी समग्र विषयमा प्रस्तुती गर्नुभएको थियो ।
कार्यक्रममा सहभागीहरूले बीमा कम्पनीहरूले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बीमाका बारेमा नागरिकलाई जानकारी दिई बीमा गर्न प्रेरित गर्नुपर्ने, प्रदेश सरकारले नै लोपोन्मुख जातिको बीमा गर्नु उचित हुने, बीमा दाबी भुक्तानी प्रक्रिया सरल एवम् सहज हुनुपर्ने, बीमा कम्पनीहरू गाउँ गाउँमा जानुपर्ने, बीमा कम्पनीले निर्जीवन बीमा खुशी भएर गर्ने तर बीमा दाबी दिँदा भने दुःख दिने प्रवृत्ति हटाउनुपर्ने, बीमालेखलाई सरल र छोटो बनाउनुपर्ने लगायतका धारणा राख्नुभएको थियो ।
कार्यक्रममा बागमती प्रदेशका मन्त्री, प्रमुख सचिव, नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक, प्रदेश योजना आयोगका पदाधिकारी, प्रदेश मन्त्रालयहरूका सचिव, जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू लगायतको सहभागिता रहेको थियो ।